• Date: October 01, 2021

https://www.onlinekhabar.com/2021/10/1020764

१५ असोज, काठमाडौं । गलैचा उद्योगीहरुले नेपाल गलैंचा उद्योगहरुको विकासका लागि राज्यको थप चासो बढ्नु पर्ने बताएका छन् । गलैचा उद्योगको सम्वद्र्धन, प्रवद्र्धन, विस्तार तथा विकासका योजनाहरुको विषयमा राज्यको चासो कम भएको उद्योगीहरुको गुनासो छ ।

गण्डकी प्रदेशका सासंद एंव संघका अध्यक्ष रामबहादुर गुरुङले कोभिड महामारीले निम्त्याएको प्रतिकुल अवस्थामा समेत गलैचा उद्योगहरुले आफ्नो व्यवसायीक गतिविधिलाई निरन्तरता दिएको बताए । यसले राष्ट्रिय अर्थतन्त्रमा निकै राम्रो योगदान पु¥याउन सफल भएको उनको भनाई छ ।

नेपाल गलंैचा उत्पादक तथा निकासीकर्ता संघको चौथो वार्षिक साधारण सभामा बोल्दै उनले भने, ‘गलंैचा उद्योगको विकास र प्रवद्र्धनका निमित्त नेपाल सरकारले थप ध्यान दिएमा उद्योगको दिर्घकालिन विकास हुन सक्ने हामीलाई विस्वास छ ।’

नगद अनुदान सम्बन्धी कार्यविधि २०७५ संसोधनका आधारमा नेपाली गलैंचा व्यवसायीहरुले ५ प्रतिशत मात्र अनुदान रकम प्राप्त गर्ने गरेका छन् । तर कार्यविधीको सार अनुरुप नेपाली गलैंचाको मुल्य अभिवृद्धि ७० प्रतिशत भन्दा बढी हुने भएतापनि नेपाली गलैचालाई मुल्य अभिवृद्धि न्यूनतम ३० प्रतिशत हुने वस्तुहरुसंग तुलना गरि कार्यविधिको अनुसुचि २ मा उल्लेख गरिएको छ ।

नेपाली गलैचा क्षेत्रलाई मुल्य अभिवृद्धिका आधारमा थप प्राथमिकतामा राख्न निरन्तर प्रयासरत रहेको संघका महासचिव दावा शेर्पाले बताए । नेपाली गलैंचा क्षेत्रलाई कार्यविधिको अनुसुचि १ मा उल्लेख गर्न सके गलैंचा व्यवासयीहरुले प्राप्त गरिरहेको अनुदान रकममा वृद्धि हुने सक्ने उनको भनाई छ ।

सरकारले कृषि क्षेत्रलाई प्राथमिकता प्राप्त क्षेत्र भनेर सहुलियत ऋण उपलब्ध गराउँदै आइरहेको छ । सोहि अनुसार सरकारले गलैंचा क्षेत्रलाई पनि सहुलियत ऋण उपलब्ध गराउनु पर्ने संघका उपाध्यक्ष समिक विक्रम शाहले बताए । यो क्षेत्रमा रोजगारीमा पनि महत्वपूर्ण योगदान गरेको भन्दै राज्यले यसलाई भुल्न नहुने उपाध्यक्ष शाहको भनाइ छ ।

नेपाली गलैचा उद्योगलाई विस्तार गर्न सके उद्योगले श्रृजना गरिरहेको रोजगारीको अवसर स्वतः बढ्दै जाने, राष्ट्रिय अर्थतन्त्रमा उद्योगले पु¥याउदै आएको योगदान पनि बढ्ने भन्दै राज्यले थप चासो दिनु पर्ने उद्योगीहरुको जोड छ ।

नेपाली हस्त निर्मित गलैचाले अन्तराष्ट्रिय बजारमा राम्रो छाप छोड्न सफल भएको छ । तर राज्यको सहि सहयोग र समर्थन नपाएकोले अन्यराष्ट्र संग प्रतिस्पर्धा गर्न सकेको छैंन । नेपाली गलैचा उद्योगले उचित फाईदा लिन नसक्दा गलैचा उद्योगका मजदुरहरु लाभान्वित हुन सकेका छैनन् ।

विश्व बजारमा नेपाली गलैंचाको सामुहिक व्यापार चिन्ह दर्ताको प्रक्रिया अगाडि बढिसकेको छ । अमेरीका, युरोपियन युनियन र यु.के जस्ता राष्ट्रहरुमा नेपाली गलैंचाको सामुहिक व्यापार चिन्ह दर्ता गर्ने प्रक्रिया अगाडि बढाएको संघले जनाएको छ ।